प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ सांसद निलम्बनमा

5 वर्ष पहिले प्रकाशित

१६ पुस ,२०७७

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको हो ।
यसअघि नेकपाका बहुमत सांसदहरु सहभागी संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राइलाई दलको नेताबाट हटाउदै संसदीय दलको नेतामा भीमप्रसाद आचार्यलाई चयन गरेको थियो ।

राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
राईले निलम्बन गरेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम्बा, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, यशोदा अधिकारी, धिरेन्द्र शर्मा, जीवन घिमिरे, कुसुम कुमारी श्रेष्ठ, टंक आङ्बुहाङ, साबित्राकुमारी रेग्मी र सरिता थापा छन् ।
प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधिएकोमा १५ जनालाई बिहीबार निलम्बन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?