आयल निगमले अब कसरी पेट्रोलियम पदार्थ आयात गर्छ भनेर चिन्ता
3 वर्ष पहिले प्रकाशित
चैत २७ गते ।निरन्तर घाटा ब्योहोर्दै आएको नेपाल आयल निगमले अब कसरी पेट्रोलियम पदार्थ आयात गर्छ भनेर चिन्ता सुरु भएको छ । कारण, निगमसँग पेट्रोलियम पदार्थ खरिदका लागि अब कोषमा रकम सकिन थालेको छ । निगमको कोषमा २५ करोड रुपैयाँ मात्र मौज्दात रहँदा यसले अबको केही समय मात्रै नेपालको माग अनुसार इन्धन खरिद गर्न सक्ने अवस्था छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) लाई नियमित रुपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने देखिएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको स्वयं निगमले नै स्वीकारेको छ ।
को निगमका प्रवक्ता विनित उपाध्यायका अनुसार अबको २३ तारिखमा आईओसीलाई १४ अर्ब जति बुझाएपछि मात्रै पेट्रोलियम पदार्थ सहज तरिकाले आपुर्ति हुन्छ । तर, अहिलेसम्म मूल्य स्थिरीकरण कोषमा २५ करोड रुपैयाँ बाँकी छ, अन्त कतै पनि कुनै कोषमा रकम बाँकी छैन् ।
कमेन्ट गर्नुहोस्
view comments