दैनिक चार लाख थानका दरले मतपत्र छापिँदै

4 वर्ष पहिले प्रकाशित

चैत २४ गते।निर्वाचन आयोगले आउँदो वैशाख ३० गते शुक्रवार हुने स्थानीय तहको चुनावका लागि मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको जनाएको छ ।2 (1) 

जनक शिक्षा सामग्री केन्द्रमा दैनिक चार लाख थानका दरले मतपत्र छपाइको काम भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । सुरुमा उच्च हिमाली र हिमाली जिल्लाका लागि मतपत्र छपाइको काम भइरहेको र क्रमशः पहाडी, तराई र सुगम जिल्लाका मतपत्र छापिने उहाँले जानकारी दिनुभयो ।

आयोगले स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छापिने जनाएको छ । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको आयोगको भनाइ छ ।

यस्तै कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाइ हुँदा सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाण्डौको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?