केही स्वार्थी व्यक्तिले केपी ओली मधेशी विरोधी रहेको हल्ला चलाए:ओली
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत २२ गते ।एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिले आफूलाई मधेश विरोधी रहेको हल्ला चलाएको बताएका छन्।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशी विरोधी रहेको हल्ला चलाएको बताएका हुन्।
‘केपी ओली मधेश विरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे। ६० वर्षदेखि म त मधेशको बासिन्दा हो। ६० वर्षदेखि मधेशमा बसेको छु।’
कमेन्ट गर्नुहोस्
view comments