आज फेरि ६ सय रुपैयाँले सुनको भाउ घट्यो
3 वर्ष पहिले प्रकाशित

२०७८ चैत २१ गते । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलामा चार सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments