मधेश प्रदेश सभाको बैठक २ मिनेट बसेर स्थगित
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत १६ गते । मधेश प्रदेश सभाको बैठक बुधबार २ मिनेट मात्र बसेर स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले यो बैठकलाई अगाडि नबढाउन सभामुखसँग आग्रह गरे ।यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको बताए ।
उनले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने विधानमा व्यवस्था भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
view comments