‘एमएस धोनीले रविन्द्र जडेजालाई चेन्नई सुपर किङ्ग्सको कप्तानी सुम्पिने निर्णय गरे
3 वर्ष पहिले प्रकाशित
२०७८ चैत १० गते । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ सुरु हुनु केही दिनअघि चेन्नई सुपर किङ्ग्स टिमको नेतृत्वमा ठूलो परिवर्तन भएको छ । अब महेन्द्रसिंह धोनीको ठाउँमा रविन्द्र जडेजाले टिमको कप्तानी गर्ने भएका चेन्नई सुपर किङ्ग्सले निकालेको विज्ञप्तिमा भनिएको छ ।
‘एमएस धोनीले रविन्द्र जडेजालाई टिमको नेतृत्व सुम्पिने निर्णय गरेका छन् । सन् २०१२ देखि टिममा आबद्ध जडेजा चेन्नई सुपर किङ्ग्सको नेतृत्व गर्ने तेस्रो खेलाडी हुनेछन्’, टिमले निकालेको विज्ञप्तिमा भनिएको छ । यो सिजन धोनीले खेलाडीका रूपमा खेल्नेछन् ।
सन् २००८ मा धोनीले पहिलो पटक चेन्नईको कप्तानी सम्हालेका थिए । पछिल्लो १४ सिजनमा धोनीले दुई सय चार खेलमा टिमको कप्तानी गरे । यसमा टिमले एक सय २१ खेल जित्दा ८२ खेलमा हार बेहोर्यो । धोनीको नेतृत्वमा चेन्नईले चार पटक आईपीएल ट्रफी र एक च्याम्पियन्स उपाधि जितेको छ ।
यस संस्करणको आईपीएल यही मार्च २७ तारिखदेखि सुरु हुँदैछ । पहिलो खेलमा चेन्नई र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।
कमेन्ट गर्नुहोस्
view comments