अतिरिक्त समयमा चम्कियो अर्जेन्टिना, स्विट्जरल्यान्डलाई हराउँदै विश्वकप सेमिफाइनलमा

12 घन्टा पहिले प्रकाशित

एजेन्सी, असार  २८ गते ।  साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार बिहान क्यान्सस सिटी स्टेडियममा भएको क्वार्टरफाइनलमा एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। स्विट्जरल्यान्डका डान एन्डोयले ६७औँ मिनेटमा बराबरी गोल फर्काएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

स्विट्जरल्यान्डका ब्रेल एम्बोलो ७२औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै जुलियन अल्भारेजले अतिरिक्त समयको ११२औँ मिनेटमा गोल गरे भने इन्जुरी समयमा लौटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। अब सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ, जसले यसअघि नर्वेलाई २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?