दुबई क्रिकेट रङ्गशालामा पपुवा न्युगिनीसँग नेपाल टस जितेर फिल्डिङमा

3 वर्ष पहिले प्रकाशित

२०७८ चैत ८ गते । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

दुबई क्रिकेट रङ्गशालामा नेपालले टस जितेर फिल्डिङ रोजेको हो । अहिले पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । आजको खेलमा नेपालले तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बेन्चमा राखेको छ । भीम सार्कीलाई डेब्यु दिइएको छ ।

नेपालले यसअघि पीएनजीसँग तीन एक दिवसीय खेल खेलेको छ । सबै खेलमा नेपालले जित निकालेको छ । तर पछिल्लो समय नेपालको प्रदर्शन कमजोर देखिएको छ । ब्याटिङमा सुधार नगरे नेपाललाई आजको खेल पनि जित्न कठिन हुन सक्नेछ ।

श्रृङ्खलामा नेपाल र पीएनजीको अन्तिम खेल हो । पीएनजी पहिलो खेलमा यूएईसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपासँग २ विकेटले हारेको थियो । यस्तै, हार बेहोर्दै तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?