१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदै।

3 वर्ष पहिले प्रकाशित

चैत १, २०७८।
१८ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको जमसेदपुरमा सुरु हुँदैछ ।
उद्घाटन खेलमा आज नेपालले आयोजक भारतसँग खेल्दैछ । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले घरेलु टोलीसँगको खेल नेपालका लागि कठिन रहेको तर उत्कृष्ट नतिजाका लागि खेल्ने बताएका छन् ।
डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बङ्ग्लादेश सहभागी छन् । नेपालले दोस्रो खेल मार्च १७ तारिख अर्थात पर्सि बिहीवार बङ्ग्लादेशसँग खेल्नेछ । नेपालले अर्को खेल आउँदो मार्च २१ मा भारतसँग र मार्च २३ मा बङ्ग्लादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?