उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी
3 वर्ष पहिले प्रकाशित
.jpg)
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ।
उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ।
उत्तर कोरियाले पछिल्लोपटक मार्च ४ र फेब्रुअरी २६ मा मिसाइल परीक्षण गरेको थियो। ती मिसाइल अन्तरमहादेशीय रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।
उत्तर कोरियाले परीक्षण गरेको आइसिबिएमले ५ हजार ५०० किलोमिटरसम्मको यात्रा तय गर्न सक्छन्। यसको अर्थ उत्तर कोरियाले अमेरिकासम्म मार हान्न सक्ने छ।
रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले बिहीबार उत्तर कोरियाले हालै परीक्षण गरेका दुई मिसाइल आइसिबिएम रहेको बताएका हुन्।
कमेन्ट गर्नुहोस्
view comments