युक्रेनको आणविक पावर प्लान्टमा लागेको आगो निभाइए

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २० गते । युक्रेनको आणविक पावर प्लान्ट ९ऊर्जा केन्द्र० मा लागेको आगो निभाइएको छ । युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाएइको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

आपत्कालीन सेवाले आज शुक्रवार बिहान ६ बजेर २० मिनेटमा ९स्थानीय समयअनुसार० जापोरिज्या आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जानकारी दिएको छ । त्यस आगलागीमा कसैलाई केही नभएको आपत्काली सेवाले सामाजिक सञ्जालमा स्टाटस लेखेको छ ।

रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो यस परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो । आज बिहान रुसी आक्रमणका कारण यस केन्द्रको पाँच तले भवनमा आगो लागेको युक्रेनले जनाएको थियो ।

आगो एक घण्टा जतिमा निभाइएको र ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको बताइएको छ ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताउँदै विश्व समुदायसँग सहयोगको अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?