धनुषाको भगवन टोलमा प्रहरीको खानतलासी, घरबाट भेटियो २ किलोभन्दा बढी गाँजा

56 मिनट पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक ११ गते ।  धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४७० ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिका–१, भगवन टोलस्थित करिब ४० वर्षीया प्रमिला देवी मण्डलको घरमा गाँजा बिक्री वितरण हुने गरेको विशेष सूचना प्राप्त भएपछि मंगलबार प्रहरीले खानतलासी गरेको थियो।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको टोलीले मण्डलको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो। बरामद गाँजासहित मण्डललाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?