बेलायतमा रहेको १६२ वर्ष पुरानो बुद्ध प्रतिमा फिर्ता ल्याउन बिहारको पहल
12 घन्टा पहिले प्रकाशित
एजेन्सी, असोज ११ गते । भारतको बिहारस्थित भागलपुरको सुल्तानगञ्जबाट सन् १८६१ मा भेटिएको करिब २.३ मिटर अग्लो र ५०० किलोग्राम तौलको विशाल बुद्धको कांस्य प्रतिमा बेलायतबाट फिर्ता ल्याउन बिहार सरकारले पहल थालेको छ। हाल बर्मिङ्घम संग्रहालयमा रहेको उक्त प्रतिमा गुप्त–उत्तरगुप्त कालसँग सम्बन्धित महत्वपूर्ण बौद्ध सम्पदाका रूपमा चिनिन्छ।
बिहार सरकारले प्रतिमा फिर्ताका लागि केन्द्र सरकारमार्फत बेलायतसँग औपचारिक पहल गर्न आग्रह गरेको छ। प्रतिमा स्वदेश फर्किएमा बिहारको बौद्ध सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने सरकारको अपेक्षा छ।
कमेन्ट गर्नुहोस्
view comments