तनुजा पाण्डेको गृहमन्त्रीमाथि प्रश्न : सुनसरी गोलीकाण्डको नैतिक जिम्मेवारी लिन माग
11 घन्टा पहिले प्रकाशित
काठमाडौं, श्रावण ११ गते । जेनजी अभियन्ता तनुजा पाण्डेले सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै गृहमन्त्री सुधन गुरुङसँग नैतिक र प्रशासनिक जिम्मेवारीको जवाफ मागेकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले भदौ २३ गते संसद् भवन अगाडि भएको गोलीकाण्ड र पछिल्लो सुनसरी घटनालाई ‘दमनकारी राज्य मानसिकता’को निरन्तरताको संज्ञा दिएकी छन्। उनले नागरिकको सुरक्षा गर्ने जिम्मेवारी गृह प्रशासनको भए पनि गोली चल्ने अवस्था आउनु कमाण्ड एण्ड कन्ट्रोल प्रणालीको असफलता भएको आरोप लगाएकी छन्। घटनाबारे कसको आदेशमा घातक बल प्रयोग गरियो, किन न्यूनतम बल प्रयोगको सिद्धान्त पालना भएन भन्ने विषयमा गृह मन्त्रालयले तथ्यपरक र सार्वजनिक जवाफ दिनुपर्ने उनको माग छ।
कमेन्ट गर्नुहोस्
view comments