सार्वजनिक बिदामा पनि सिरहामा राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, श्रावण ७ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको चाप बढेपछि सार्वजनिक बिदाका दिन पनि सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। कार्यालयले सूचना जारी गर्दै साउन ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराइने जनाएको छ।
कार्यालयका अनुसार सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि सेवा सञ्चालन हुनेछ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको उल्लेख छ।
कमेन्ट गर्नुहोस्
view comments