वीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘मानव सहायता कल्याण कोष’ घोषणा

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण ६ गते ।  नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा गरेको छ। कोषमार्फत प्राकृतिक विपद् वा अन्य कारणले घरबारविहीन बनेका एकल महिला तथा बालबालिकालाई राहत तथा सहयोग प्रदान गरिने बताइएको छ।

कांग्रेसका सभापति गगन थापाका अनुसार पार्टीका सदस्यहरूबाट संकलित १० लाख रुपैयाँ प्रारम्भिक रूपमा कोषमा जम्मा गरिएको छ। आगामी दिनमा थप सहयोग संकलन गर्दै कोषलाई विस्तार गरिने उनले जानकारी दिए। कोषको कार्यविधि, सञ्चालन प्रक्रिया, पार्टीका समसामयिक राजनीतिक एजेन्डा तथा आगामी अभियानबारे बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममा विस्तृत जानकारी सार्वजनिक गरिनेछ। यसै अवसरमा कांग्रेसले हाल सञ्चालनमा रहेको ‘जरा अभियान’को औपचारिक समापन गर्दै नयाँ राजनीतिक तथा सामाजिक अभियानहरू पनि घोषणा गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?