मधेश मिडिया काउन्सिल सदस्यको विज्ञापनविरुद्ध सर्वोच्चमा रिट
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ३२ गते । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत मिडिया काउन्सिल सदस्य नियुक्तिका लागि प्रकाशित विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता रक्कीप्रसाद साहले गृह, सञ्चार तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश प्रमुखको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।
रिटमा प्रदेश सञ्चारसम्बन्धी ऐनमा उमेर र शैक्षिक योग्यताको व्यवस्था नभएको अवस्थामा मन्त्रालयले असार २३ गते प्रकाशित विज्ञापनमा ३५ देखि ६० वर्ष उमेर र स्नातक उत्तीर्णको योग्यता अनिवार्य राखेर कानुनविपरीत मापदण्ड तय गरेको दाबी गरिएको छ। बुधबार दर्ता भएको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिएको छ।
कमेन्ट गर्नुहोस्
view comments