सप्तकोसीमा पानीको बहाव १ लाख ६३ हजार क्युसेक नाघ्यो, कोसी ब्यारेजमा रातो संकेत
1 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार ३२ गते । निरन्तर वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। बुधबार अबेरसम्म कोसी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेको प्रहरीले जनाएको छ। बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ भने जोखिमको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ।
पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। वर्षायाममा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिने सप्तकोसीमा डुबान र कटानको जोखिम उच्च रहने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सम्बन्धित निकायले आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments