सिंहदरबारअघि प्रदर्शन गर्दै अनेरास्ववियु अध्यक्षसहित ७ जना पक्राउ
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार ३१ गते । सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राज्यले दमन र आतंकको नीति अपनाएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका उनीहरूले ‘राज्य आतंक बन्द गर’, ‘गरिब जनतालाई तर्साउन पाइँदैन’ र ‘जनतालाई बाँच्न दे’ लगायतका नाराबाजी गरेका थिए। पक्राउ पर्नेमा निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सिरिस बुढाथोकी रहेका छन्।
कमेन्ट गर्नुहोस्
view comments