आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज मनाइँदै, नेपाली भाषा र साहित्यमा योगदानको स्मरण

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी नेपाली समाजमा पुर्‍याएका भानुभक्तले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका छन्। उनको नेपाली रामायण आज पनि नेपाली घरघरमा श्रद्धापूर्वक पाठ गरिन्छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तका ‘रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायतका कृति प्रसिद्ध छन्। भानु जयन्तीका अवसरमा प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा साहित्यिक कार्यक्रम आयोजना गरिँदैछ। नेपालसँगै भारतको दार्जिलिङ, सिक्किम, भुटानलगायत नेपाली भाषाभाषी क्षेत्रमा पनि उनको जन्मजयन्ती मनाइँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?