गणेश नेपाली आत्मदाह प्रकरण : परिवारद्वारा काठमाडौं महानगर र नगर प्रहरीविरुद्ध जाहेरीको तयारी

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार २९ गते ।  त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिने तयारी गरेका छन्। मृतकका परिवार सोमबार प्रहरी वृत्त कालिमाटी पुगेका छन् भने काठमाडौं महानगरपालिका र घटनामा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाउने विषयमा छलफल भइरहेको छ।

गत बिहीबार पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक लगाएपछि विवाद हुँदा गणेश नेपालीले पेट्रोल खन्याएर आत्मदाह गरेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो। यसअघि परिवार र प्रशासनबीच ९ बुँदे सहमति भइसकेको छ, जसमा स्वतन्त्र छानबिन समिति गठन, दोषी देखिए कारबाही, परिवारलाई राहत, श्रीमतीलाई रोजगारी र छोरीको शिक्षाको व्यवस्था गर्ने उल्लेख छ। प्रहरीले भने हालसम्म जाहेरी दर्ता नभएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?