सञ्चारगृहको गेटमै शंकास्पद पार्किङ, पत्रकार महासंघद्वारा छानबिन र कारबाहीको माग

2 दिन पहिले प्रकाशित

काठमाडौं, असार २९ गते । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालय गेटमै शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघका अनुसार सोमबार बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा सवारीसाधन राखेर पत्रकारको आवतजावतमा समस्या पुर्‍याइएको थियो।

महासंघले तत्काल अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै सञ्चारमाध्यम र पत्रकारको अधिकारमा अवरोध पुर्‍याउने घटनाको तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न आग्रह गरेको छ। अवरोध हटाउन सुरक्षा निकायसँग समन्वय भइरहेको महासंघले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?