नवविवाहित महिलाको शङ्कास्पद मृत्यु, हत्या आशंकामा अनुसन्धान सुरु
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार २८ गते । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा नवविवाहित महिला निशा कुमारी साह सोनारको शङ्कास्पद मृत्यु भएपछि प्रहरीले हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। करिब २० वर्षीया निशा आफ्नै सुत्ने कोठामा साडीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ।
मृतकका बुबाले भने छोरीको हत्या गरी आत्महत्याजस्तो देखाइएको आरोप लगाएका छन्। विवाहपछि दाइजो र अन्य माग गर्दै श्रीमान् पक्षबाट मानसिक तथा शारीरिक यातना दिइँदै आएको उनको दाबी छ। प्रहरीले भने पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments