सडकमा अव्यवस्थित गाडी पार्किङ र ई–रिक्साका कारण बढ्दो दुर्घटना

10 घन्टा पहिले प्रकाशित

सन्तोष कुमार मिश्र
जनकपुरधाम, असार २६ गते । मधेश प्रदेशको राजधानी र प्रमुख धार्मिक पर्यटकीय शहर जनकपुरधाममा रहेको बसपार्कको मेन गेटकै अगाडी विभिन्न ठाउँबाट आउने गाडीहरु र फितलो ट्राफिक व्यवस्थापनका कारण सडकहरू असुरक्षित बन्दै गएका छन् । खासगरी जलेश्वरबाट आउने लोकल बसहरु बस पार्क गेटकै अगाडी मेन बाटोमा पहिला देखि नै एक लाईनमा गाडी पार्क गरिएका हुन्छन् र त्यसपछिको लाईन जलेश्वरबाट आउने–जाने बस पार्क गर्छन् । त्यती मात्रै नभई बस आउन हेर्ने वित्तिकै त्यहाँ रहेका ई–रिक्साबालाहरु नियम बिपरित अनाधुन रिक्सा चलाई सडकमा ओहर दोहर गर्ने मोटरसाईकल, साईकलहरुलाई कति बेला सडक दुर्घटनामा पार्छन् त्यो ठेकान हुँदैन् त्यो ई सबै कुरा त्यहाँ खटिएका प्रहरी र ट्राफिक प्रहरी कै अगाडी भैरहेका हुन्छन् र उहाँहरु मुखदर्शक बनी हेरिरहेका हुन्छन् ।

यहाँका मुख्य समस्या र चुनौतीहरू मूल गेटमै बसहरूको अवैध पार्किङसडक नै काउन्टर र ग्यारेज जस्तो लामो तथा छोटो दूरीका बसहरू बसपार्क भित्र छिर्नुको साटो यात्रु तान्नका लागि मूल गेटकै दायाँ–बायाँ सडक छेकेर लामो समयसम्म रोकेर राखिन्छन् । सडकमै बस पार्कका कारण सडक साँघुरो हुने मूल गेट क्षेत्रमा ठूला बसहरूले बाटो छेक्दा अन्य सवारी साधनलाई ओभरटेक गर्न गाह्रो हुन्छ, जसले गर्दा सधैं जाम र साना–तिना ठक्करका घटना भइरहन्छन् । त्यतीमात्रै नभई ई–रिक्साको जथाभाबी शैलीगेटमै यात्रु तान्ने होडबाजी गर्ने बसबाट ओर्लिने यात्रुहरूलाई चढाउनका लागि दर्जनौँ ई–रिक्साहरूले बसपार्कको गेटलाई पूर्ण रूपमा घेरेका हुन्छन् । अचानक ब्रेक र यु–टर्न यात्रु देख्ने बित्तिकै ई–रिक्सा चालकहरूले पछाडिको गाडीको प्रवाहलाई वास्ता नगरी बीच सडकमै अचानक गाडी रोक्ने वा तीव्र गतिमा मोड्ने कारणले दुर्घटनाको मुख्य कारण बनेको छ ।

ई–रिक्सा चालकसँग आधिकारिक अनुमति पत्र (लाइसेन्स) र ट्राफिक नियमको ज्ञान नहुँदा जोखिम झन् बढेको छ । पैदलयात्री र पर्यटकलाई सास्तीफुटपाथ र बाटो बन्द बसपार्कको गेट आसपासको फुटपाथ व्यवसाय र जथाभाबी पार्क गरिएका ई–रिक्साका कारण पैदल हिँड्ने ठाउँ हुँदैन । यात्रुहरू झोला बोकेर सडकको बीचबाट हिँड्न बाध्य हुन्छन्, जसले गर्दा उनीहरू सवारीको चपेटामा पर्ने डर हुन्छ । देश–विदेश विशेष गरी भारतबाट आउने पर्यटकहरू बसपार्क ओर्लिने बित्तिकै ई–रिक्साको लुछाचुँडी, मनपरि भाडा र अस्तव्यस्तताले गर्दा दिक्क हुने गरेका छन् । जथाभाबी नियम मिचेर पार्किङ गर्ने र लापर्बाहीपूर्वक रिक्सा चलाउनेलाई ट्राफिक प्रहरीले कडा जरिवाना गर्नुपर्छ । सडक सुरक्षित राख्न सरकारी निकाय देखि सर्वसाधारण नागरिक सबै उत्तिकै जिम्मेवार बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?