मिटरब्याज पीडितको ‘न्याय मार्च’ ढल्केबर पुग्यो, काठमाडौँसम्म पैदल यात्रा जारी

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २६ गते । मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरधामबाट सुरु गरेको पैदल ‘न्याय मार्च’ दोस्रो दिन धनुषाको ढल्केबर पुगेको छ। मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा सुरु भएको यात्रा सरकारलाई मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि दबाब दिने उद्देश्यले काठमाडौँसम्म जारी रहनेछ।

बिहीबार साँझ जनकपुरधामको तिरहुतियागाछीबाट यात्रा सुरु गरेका आन्दोलनकारीहरू महेन्द्रनगर हुँदै बर्दिबासतर्फ अघि बढिरहेका छन्। करिब एक साताभित्र काठमाडौँ पुग्ने लक्ष्य रहेको उनीहरूको भनाइ छ। सरकारले मिटरब्याज पीडितसँग चार पटक लिखित सहमति गरे पनि कार्यान्वयन नगरेकाले बाध्य भएर फेरि आन्दोलन गर्नुपरेको उनीहरूले बताएका छन्। साहुमहाजनको ऋणमा परेका किसान र मजदुरहरूले न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?