आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन

5 दिन पहिले प्रकाशित

काठमाडौं, असार २६ गते ।  आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारका क्रममा स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनको मृत्यु भएको हो।

नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो भने आगोका कारण अनुहार र श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुगेको थियो। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेषज्ञ टोली उपचारमा खटिएको थियो। अवस्था गम्भीर बनेपछि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण गर्न नसकिएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?