सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन पत्र
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार २३ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र उपस्थित भई बयान दिन निर्देशन दिएको छ। विभागले सोमबार बूढानीलकण्ठस्थित निवासमा पुगेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै उपस्थितिका लागि पत्र टाँस गरेको जनाएको छ।
यसअघि विभागले शेरबहादुर देउवा र आरजु राणा देउवामाथि समेत अनुसन्धानका लागि पुर्जी जारी गरिसकेको थियो। जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा उजुरी परेको छ। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको र बयानका लागि बोलाइएको स्रोतले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments