उपाध्यक्ष विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, असार ९ गते । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टीका अनुसार संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ भने सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आयोजना गरिनेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था तथा उपाध्यक्ष पौडेलको पक्राउपछि विकसित परिस्थितिबारे छलफल हुने जनाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई प्रारम्भिक रूपमा नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा राख्ने तयारी गरिएको भए पनि राति सामान्य विश्रामपछि काठमाडौंतर्फ ल्याइएको स्रोतले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments