मटिहानीमा करेन्ट लागेर वृद्धको मृत्यु
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, असार ८ गते । महोत्तरीको मटिहानी नगरपालिकामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। मटिहानी नगरपालिका–८ स्थित बजार क्षेत्रमा व्यवसाय गर्दै आएका अन्दाजी ६५ वर्षीय सिताशरण चमारको आइतवार करेन्ट लागेर मृत्यु भएको हो।मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार जुत्ता सिउने काम गरिरहेका चमारलाई नजिकै रहेको विद्युत् तारबाट करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई स्थानीयवासी र परिवारजनले तत्काल उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। नगरप्रमुख मण्डलले पुराना विद्युत् तार तथा पोलका कारण दुर्घटना भएको दाबी गर्दै तिनको प्रतिस्थापनका लागि पटक–पटक पहल गरिए पनि काम हुन नसकेको गुनासो गर्नुभयो।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। स्थानीयवासीले यस्ता दुर्घटना रोक्न विद्युत् लाइन तथा तारहरूको नियमित मर्मत–सम्भार र सुरक्षामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments