इटा उद्योगको खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु

13 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असार २ गते । रौतहटको बौधीमाइ नगरपालिका–६ स्थित बलबान इटा उद्योग परिसरमा रहेको पानी जमेको खाल्डोमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय पिपरिया गाउँ निवासी दिपेन्द्र यादवका छोरा सुप्रित यादव रहेका छन्।

सोमबार दिउँसो इटा उद्योग परिसरभित्र रहेको खाल्डोमा बालकको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले शवलाई खाल्डोबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?