जनकपुरधाम–जटही सडकखण्डमा वृक्षारोपण तथा पुल अनुगमन कार्यक्रम सम्पन्न
3 घन्टा पहिले प्रकाशित
संतोश कुमार मिश्र
जनकपुरधाम, असार १ गते । मातृभूमि फाउण्डेशन नेपालले जनकपुरधाम देखि जटही जाने बाटोमा दुधमति करिडोरसम्मको कृषि बाटोमा फाउण्डेशनका अध्यक्ष केशव राज चौधरी अध्यक्षतामा सम्पन्न भएको छ । जसमा प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य माननीय दिपेन्द्र ठाकुर, प्रमुख अतिथि जनकपुरधाम उप–महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साह ज्यू, विशिष्ठ अतिथि अरविन्द दुवे, दिपु मुलतनिय, जितेन्द्र महासेठ, मयुदिन राईन, राम नन्दन साह, मुकेश चौधरी, उदय ठाकुर, दिनेश चौधरी, संतोष कुमार मिश्र, दिपेन्द्र ठाकुर, शम्भु चौधरी, फेकन महतो, उदघोषक रोहित, सुजित, युवा, बुद्धिजीवी, नागरिक समाज लगायत स्थानीयवासीको सहयोगमा सो कार्यक्रम सम्पन्न भयो ।
साथै जनकपुरधामको वडा नं. २३ र वडा नं. २४ जोड्ने मात्रै नभई नेपाल–भारत जोड्ने सडकखण्डमा वर्षौ देखि अलपत्र अवस्थामा रहेको पुलको पनि मा. दिपेन्द्र ठाकुर लगायत उपस्थित सम्पूर्णले निरिक्षण गर्नुभएको छ । वास्तवमा वृक्षारोपण कार्यक्रम आवश्यकता, महत्त्व र व्यवस्थापन, सभ्यता र प्रकृतिको सम्बन्ध अनादि कालदेखि नै अन्योन्याश्रित छ । बढ्दो सहरीकरण, औद्योगिकरण र जनसङ्ख्या वृद्धिका कारण विश्वभरि नै वनविनाश तीव्र गतिमा भइरहेको छ । यसले गर्दा जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र जैविक विविधताको क्षयीकरण जस्ता गम्भीर पर्यावरणीय समस्याहरू निम्तिएका छन् । यी समस्याहरूको वैज्ञानिक र प्राकृतिक समाधान भनेको ’वृक्षारोपण’ हो । बोटबिरुवा रोप्ने र तिनको संरक्षण गर्ने कार्य नै वृक्षारोपण कार्यक्रम हो, जसले मानव जीवनलाई मात्र नभई धर्तीलाई पुनर्जीवन प्रदान गर्दछ । वृक्षारोपण कार्यक्रमको मुख्य उद्देश्यपर्यावरणीय सन्तुलनः वायुमण्डलमा कार्बनडाईअक्साइडको मात्रा घटाएर अक्सिजनको स्तर बढाउने हो ।
भू–क्षय नियन्त्रणः पहाडी तथा भिरालो भूभागमा पहिरो रोक्ने र तराई क्षेत्रमा नदी कटान नियन्त्रण गर्ने । हरियाली प्रवद्र्धनः कंक्रिटको सहर बन्दै गएका क्षेत्रहरूमा प्राकृतिक सौन्दर्य र हरियाली फर्काउने । काठ, दाउरा, जडीबुटी, र फलफूल उत्पादन बढाएर स्थानीय तहमा रोजगारी र आम्दानीको स्रोत सिर्जना गर्ने काम गर्छन् । यिनीहरूले हानिकारक हरितगृह ग्यास सोसेर पृथ्वीको तापक्रम बढ्न दिँदैनन् । जैविक विविधताको संरक्षणः रुखहरू चराचुरुङ्गी, कीराफट्याङ्ग्रा र अन्य जंगली जनावरहरूको वासस्थान हुन् । वन क्षेत्र बढेसँगै वन्यजन्तुको संरक्षण हुन्छ । साथै, यसले समयमा वर्षा गराउन मद्दत गर्छ ।

_1781521961_1.jpeg)

कमेन्ट गर्नुहोस्
view comments