मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २२ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। पार्टी स्रोतका अनुसार कटारीबाट बेलकातर्फ आफैँ मोटरसाइकल चलाएर जाँदै गर्दा एक हातले मोटरसाइकल र अर्को हातले भिडियो खिच्ने क्रममा सन्तुलन गुमेपछि दुर्घटना भएको हो। दुर्घटनापछि साम्पाङले उठेर भिडियो खिच्दै आफ्नो हातमा लागेको चोटसमेत देखाएका थिए। सार्वजनिक दृश्यमा उनको हातको छाला ताछिएको तथा सुरुवाल उध्रिएको देखिएको छ।
दुर्घटनापछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेपछि साम्पाङले आफू आफैँ लडेको र चोट पनि आफैँलाई लागेको भन्दै अनावश्यक चर्चा नगर्न आग्रह गरेका छन्। उनले सामान्य चोटपटक लाग्नु स्वाभाविक भएको उल्लेख गर्दै देशलाई कुनै क्षति नपुर्याएको प्रतिक्रिया दिएका छन्। यता, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष साम्पाङलाई सामान्य चोट मात्र लागेको र उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन्। उनका अनुसार साम्पाङ अहिले नियमित दैनिकीमा सक्रिय भइसकेका छन्।
कमेन्ट गर्नुहोस्
view comments