मिटरब्याज पीडितद्वारा जेठ १९ मा धनुषा जिल्ला अदालत घेराउको घोषणा
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १५ गते । मिटरब्याज पीडितहरूले आफ्ना मागप्रति राज्य गम्भीर नभएको आरोप लगाउँदै आगामी जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल मिथिला कमान्डले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको हो । कार्यक्रममा बोल्दै मिथिला कमान्डका इन्चार्ज मोहन महतोले विगत १२ दिनदेखि आन्दोलन जारी रहे पनि पीडितहरूको समस्याप्रति राज्य तथा सम्बन्धित पक्ष उदासीन रहेको बताए ।
महतोले मिथिला कमान्ड र भोजपुरा कमान्डको संयुक्त नेतृत्वमा शान्तिपूर्ण रूपमा जिल्ला अदालत घेराउ गरिने जानकारी दिए । उनले मिटरब्याज धनीहरूले छलफलमा समेत चासो नदिएको आरोप लगाउँदै अब आन्दोलनलाई निर्णायक चरणमा लैजानुपर्ने अवस्था आएको बताए । उनका अनुसार मधेस प्रदेशका विभिन्न जिल्लाबाट ८ हजारदेखि १० हजारसम्म पीडितहरू आन्दोलनमा सहभागी हुनेछन् ।
कमेन्ट गर्नुहोस्
view comments