देशभर धूमधामका साथ मनाइँदै बकर इद, मस्जिदहरूमा बिहानैदेखि नमाज र प्रार्थना
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १४ गते । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थासाथ मनाइँदै छ । बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्दै शान्ति, सद्भाव र समृद्धिको प्रार्थना गरेका छन् । नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्ने तथा धार्मिक परम्पराअनुसार कुर्बानी दिने चलन रहेको छ ।
इदुल फित्रको करिब ७० दिनपछि मनाइने बकर इद मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व मानिन्छ । यस अवसरमा घरघरमा मिठाई, फलफूल तथा मासुका परिकार तयार गरी परिवार र आफन्तसँग खुसी साटासाट गरिन्छ । काठमाडौँस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद, स्वयम्भू जामे मस्जिद, खुसीबु जामे मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाहमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ । पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश दिएको मुस्लिम समुदायका अगुवाहरूले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments