सहकारी संस्थाका अध्यक्ष झालाई जनताले गरे रामधुलाई

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १३ गते । लहानका स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सत्यनारायण झा बचतकर्ताहरूको करोडौँ रकम लिएर लामो समयदेखि फरार रहेका थिए । धेरै दिन देखि खोजीमा रहेका झालाई लहानमा पिडितहरूले फेला पारी नियन्त्रणमा लिएका छन् । पिडितहरूको आक्रोश र सडकमै हंगामा मचाएका थिए ।
सर्व साधारणले दुख गरि जम्मा गरेको रकम लिइ मोजमस्तीमा ब्यस्त झाको पुर्व इतिहास पनि राम्रो देखिँदैन । निज झाले गणेशमान चारनाथ नगरपालिकाको गोदारमा गाई फार्म समेत संचालन गरेका थिए । जसमा दर्जनो कामदारको ज्याला समेत पचाई बेला बेलामा बिबादमा पर्दै आएका छन् । निजलाई धेरै पल्ट धनुषाको पोर्ताहा स्थित प्रहरी चौकी पंचायत निम्ती समेत झिकाएका थिए, तर हरेक पल्ट पैसा र आफ्‌नो पहुँचको बलमा छुटदै आएका थिए । झा को सामाजिक छवि राम्रो देखिँदैन भने गुनासो जनमानसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?