भारतद्वारा नेपाललाई कैदी राख्ने ट्रक हस्तान्तरण, सुरक्षा सहकार्य थप मजबुत हुने विश्वास
12 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १३ गते । भारत सरकारले नेपाललाई सुरक्षा तथा आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले कैदी राख्ने ट्रक हस्तान्तरण गरेको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच भारतीय महावाणिज्यदूत देवी सहाय मीणाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त ट्रक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महावाणिज्यदूत मीणाले भारत सरकारको सहयोगले नेपालका सुरक्षा निकायको क्षमता अभिवृद्धिमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी दाहालले सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै नेपाल–भारतबीचको घनिष्ठ सम्बन्ध र आपसी सहकार्यको प्रशंसा गरे । भारतीय महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिअनुसार सन् २०२६ मार्च ५ मा भएको उच्चस्तरीय सहमतिपछि नेपाल सरकारलाई अनुदानस्वरूप हालसम्म ६४० भन्दा बढी सवारी साधन उपलब्ध गराइसकिएको छ । यसअघि पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई दुई हजारभन्दा बढी सवारी साधन उपहारस्वरूप प्रदान गरिएको उल्लेख गर्दै भारतले सुरक्षा सहकार्य र परस्पर विश्वासलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments