बिधुत प्राधिकरण जनकपुरको चरम लापरबाही
9 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ १० गते । मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम जहाँ मुख्यमन्त्री देखि प्रदेश प्रमुख र सम्पुर्ण प्रदेश स्तरीय कार्यालयहरु रहेको ठाउँमा बिधुत प्राधिकरण जनकपुर वितरण केन्द्रको चरम लापरबाही देखिएको छ । जनकपुरधाम वार्ड नं. १ पर्ने रेल्वे देखि उत्तरको टोल शिवपथ भनिने टोलमा हिजो बेलुका (शनिवार) सामान्य हावाहुरी को बेला काटिएको बिधुत लाइन आज (आइतवार) सामाचार लेख्नुजेल सम्म सुचारु भएको छैन । बिधुत कार्यालयको प्रादेशिक अफिस पनि जनकपुरमै रहेको र एक से एक विज्ञ इन्जीनियरहरु रहेतापनि फल्ट पता लगाई सुचारु गर्न सकेको छैन । अहिले भईरहेको ब्यापक गर्मीको बेला राज्यको प्रमुख अंगको गैर जिमेवार भुमिका प्रति स्थानियहरु आक्रोशित बन्दै छन ।
उक्त विषय बारे जानकारी लिन खोज्दा प्राधिकरणको सम्पर्क नं. लगायत कार्यालय प्रमुखको अफिसियल मोबाईल नं. ९८५४०२२६१४ मा दर्जनो पटक कल गर्दा रिसिभ नहुनुले पिडित स्थानीयहरु झन आक्रोशित बनेका छन् ।
कमेन्ट गर्नुहोस्
view comments