बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
2 दिन पहिले प्रकाशित
काठमाडौं, जेठ ८ गते । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद जेठ १४ गते परेको उल्लेख गरिएको छ ।

वि.सं. २०८२ मंसिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले उक्त दिन देशभर सार्वजनिक बिदा रहने मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments