दुर्गा प्रसाईंलाई तीन दिन म्याद थप, राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
18 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ६ गते । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गाप्रसाद प्रसाईंलाई विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न तीन दिन म्याद थप गरेको छ । पर्सा प्रहरीले सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट ‘जरुरी पक्राउ पुर्जी’का आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएको थियो ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार प्रसाईंले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्ध अभिव्यक्ति दिँदै समाजमा घृणा, द्वेष र साम्प्रदायिक असहिष्णुता फैलाउने गतिविधि गरेको आरोप छ । प्रहरीले नेपाल सरकारप्रति अवहेलना हुने तथा अमर्यादित आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments