प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना मल्ल २० दिने बिदामा
18 घन्टा पहिले प्रकाशित
काठमाडौं , जेठ ६ गते । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । प्रधानन्यायाधीशमा डा। मनोजकुमार शर्माको नियुक्तिपछि उनले बिदा निवेदन दिएकी हुन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ डा। शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायाधीश मल्ल असन्तुष्ट रहेको बताइएको छ । डा। शर्माले मंगलबार संसदीय सुनुवाइ प्रक्रिया पूरा गरी शपथ ग्रहणसहित पदभार ग्रहण गरेका छन् । त्यसपछि न्यायाधीश मल्लले आजैदेखि लागू हुने गरी २० दिने बिदाका लागि निवेदन दिएकी भए पनि उक्त निवेदन अझै स्वीकृत भइसकेको छैन । अब प्रधानन्यायाधीश डा। शर्माले नै त्यसबारे निर्णय लिनेछन् । मल्ल प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा समेत सहभागी भएकी थिइनन् ।
कमेन्ट गर्नुहोस्
view comments