रास्वपा सांसद उज्ज्वल झाको हेयरस्टाइल सामाजिक सञ्जालमा चर्चा, व्यक्तिगत स्वतन्त्रताको तर्क
21 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ ५ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद उज्ज्वल कुमार झाको हेयरस्टाइल सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। दायाँ–बायाँ अत्यन्तै छोटो कपाल र पछाडिपट्टि लामो कपाल बाँधिएको उनको शैलीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्। कतिपयले यसलाई सांसद पदको मर्यादासँग मेल नखाने भन्दै आलोचना गरेका छन् भने कतिपयले व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा लिएका छन्।

प्रतिनिधिसभा नियमावलीमा सांसदको पोसाक औपचारिक र मर्यादित हुनुपर्ने उल्लेख भए पनि कपालको शैलीबारे स्पष्ट व्यवस्था छैन। यसैबीच सांसद झाले आफ्नो हेयरस्टाइललाई धार्मिक र आधुनिक शैलीको मिश्रण भएको बताउँदै यो व्यक्तिगत स्वतन्त्रताको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले बाहिरी आवरणका आधारमा हुने मूल्याङ्कनप्रति असन्तुष्टि जनाउँदै आफ्नो कपालका कारण गरिएको टिप्पणीलाई परम्परागत सोचको उपज भनेका छन्।
कमेन्ट गर्नुहोस्
view comments