मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै बेहोर्ने : दूतावास

21 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ ४ गते ।  Embassy of Malaysia in Kathmandu ले मलेसिया जाने नेपाली कामदारको ‘बायोमेडिकल सिस्टम’ मार्फत हुने स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट पारेको छ। दूतावासले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल र मलेसिया सरकारबीच सन् २०१८ मा भएको श्रम सम्झौताको प्रावधान स्मरण गराउँदै यस्तो जानकारी दिएको हो।

दूतावासका अनुसार २९ अक्टोबर २०१८ मा भएको समझदारीपत्रअनुसार मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा स्वास्थ्य केन्द्र तोकिएका छन्। नेपाल सरकारले लिने शुल्कबाहेक मलेसिया सरकारले ‘सर्भिस चार्ज’ बापत ३ हजार रुपैयाँ निर्धारण गरेको छ। उक्त सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने समझदारीपत्रमा उल्लेख रहेको दूतावासले जनाएको छ। साथै, नेपालमा बायोमेडिकल प्रणाली सञ्चालन, शुल्क संकलन तथा रकम वैधानिक रूपमा पठाउन Macro Tech Pvt. Ltd. र Bestinet Sdn Bhd लाई आधिकारिक जिम्मेवारी दिइएको पनि सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?