मिथिला नगरपालिकाका ४८३ भूमिहीन परिवारलाई लालपुर्जा वितरण
21 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ४ गते । धनुषाको Mithila Municipality मा लामो समयदेखि भूमिहीन सुकुमबासीका रूपमा बस्दै आएका ४८३ परिवारलाई आज लालपुर्जा वितरण गरिएको छ। मिथिला नगरपालिका–६, ७, ८ र ९ का परिवारलाई गाउँब्लकको जग्गाको नापजाँच तथा कानुनी प्रक्रिया पूरा गरी धनीपुर्जा उपलब्ध गराइएको नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ। टोली प्रमुख सीयाराम साहका अनुसार ६५८ जनाले लालपुर्जाका लागि निवेदन दिएका थिए भने यसअघि पनि वडा नम्बर १, ६ र ७ का ६४ परिवारलाई लालपुर्जा वितरण गरिसकिएको छ।

आज आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, नगर प्रमुख महेन्द्र महतोलगायतले सम्बन्धित परिवारलाई लालपुर्जा हस्तान्तरण गरेका थिए। कार्यक्रममा प्रमुख मण्डलले लालपुर्जा प्राप्त गर्ने परिवारलाई बधाई दिँदै छुटेका व्यक्तिलाई पनि कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र धनीपुर्जा उपलब्ध गराउन आग्रह गरे। नगर प्रमुख महतोले लालपुर्जाविहीन भूमिहीन परिवारले अब कानुनी स्वामित्व प्राप्त गरेको उल्लेख गर्दै सबैको सहकार्यबाट नगर विकासलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।
कमेन्ट गर्नुहोस्
view comments