संसद्मा ‘बाँदर मार्न पाउनुपर्छ’ अभिव्यक्तिप्रति आशिका तामाङको आपत्ति

21 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ ४ गते । प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईको अभिव्यक्तिलाई लिएर विवाद भएको छ। आकस्मिक समयमा बोल्दै सांसद राईले बाँदरले दुःख दिएको भन्दै “मार्न पाउनुपर्छ” भन्ने धारणा व्यक्त गरेका थिए।

उनको उक्त अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले तत्काल आपत्ति जनाएकी हुन्। बैठकमै उठेर बोल्दै सांसद तामाङले उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताइन्।

“उहाँले बाँदर मार्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको छ, त्यो आपत्तिजनक छ,” तामाङले भनिन्।

सांसद तामाङले सांसद राईको उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखसमक्ष मागसमेत गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?