वीरगञ्जमा सडक सुरक्षा सप्ताहअन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न
20 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, जेठ ३ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको अगुवाइमा विश्व सडक सुरक्षा सप्ताह २०२६ अन्तर्गत वीरगञ्जमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित वीरगञ्जको माईस्थान–घण्टाघर क्षेत्रमा कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख युवराज कटवालका अनुसार सवारी दुर्घटना न्यूनीकरणसँगै साइकलयात्री र रिक्साचालकलाई लक्षित गरी विशेष जनचेतना अभियान सञ्चालन गरिएको हो।

उनले भने, “सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहेको छ। त्यसैले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै दुर्घटना न्यूनीकरणतर्फ काम गरिरहेका छौँ। विद्यालय–विद्यालयमा पुगेर पनि ट्राफिक सचेतना फैलाइरहेका छौँ।”
कार्यक्रम वडा प्रहरी कार्यालय विर्ता–श्रीपुर तथा वीरगञ्ज युवा समाजको समन्वयमा सम्पन्न भएको हो।
कमेन्ट गर्नुहोस्
view comments