रात्रिबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

37 मिनट पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ३१ गते । महेन्द्र राजमार्गअन्तर्गत हरिवन नगरपालिका–११ मा बुधबार मध्यराति रात्रिबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। गाईघाटबाट काठमाडौंतर्फ गइरहेको बा.प्र.०१–००६ ख ९६७० नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको तथा उनी मागी खाइ हिँड्ने व्यक्ति रहेको स्थानीयवासीले बताएका छन्।

राति करिब ११ः३० बजे भएको दुर्घटनापछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय कर्मैयाले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?