सप्तरीमा करेन्ट लागेर २६ वर्षीया महिलाको मृत्यु
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ३० गते । मधेश प्रदेश अन्तर्गत सप्तरी को तिरहुत गाउँपालिका–४ डिमन टोलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २६ वर्षीया बबिता देवी यादव रहेकी छन्। मङ्गलबार आफ्नै खेतबारीमा जडान गरिएको विद्युतीय मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments