पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल

4 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख २५ गते । रामचन्द्र पौडेल ले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन्। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले पत्रकारले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पाउने सुनिश्चितता आवश्यक रहेको बताए।

राष्ट्रपति पौडेलले संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै निर्भय र स्वतन्त्र पत्रकारिताको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको बताए। उनले जिम्मेवार प्रेसले लोकतन्त्रलाई सुदृढ बनाउन, सुशासन र समृद्धिको जनआकांक्षा पूरा गर्न तथा सत्यतथ्य सूचना प्रवाह गर्न अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, सामाजिक सञ्जालमार्फत फैलिने आधारहीन र भ्रामक सूचनाको चुनौती सामना गर्न नेपाली प्रेस सक्षम रहनेमा आफू विश्वस्त रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?