विद्यालयमा युट्युबरको प्रवेश नियन्त्रण गर्न लालबन्दी नगरपालिकाको चेतावनी
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २५ गते । लालबन्दी नगरपालिकाले विना अनुमति विद्यालयभित्र प्रवेश गरी भिडियो खिच्ने, शिक्षक तथा विद्यार्थीसँग अन्तरवार्ता लिने युट्युबरहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै पठनपाठन भइरहेको समयमा विद्यालयको शैक्षिक वातावरण प्रभावित हुने गरी भइरहेको यस्ता गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

सामुदायिक विद्यालयहरूबाट आएको उजुरीपछि प्रधानाध्यापकहरूसँग छलफल गरी यस्तो कदम चालिएको नगरपालिकाले जनाएको छ। नगर प्रमुख वासुदेव अधिकारी ले विना अनुमति भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण गर्ने कार्य दण्डनीय भएको उल्लेख गर्दै विद्यालयको शान्त र मर्यादित वातावरण कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments